हाम्रो बारेमा

समुदायमा छरिएर रहेको पुजीलाई एकिकृत गरी समुदायको सामाजिक तथा आर्थिक विकास गरी समुन्नत समाज स्थापना गर्ने सोचका साथ तत्कालिक उत्तरगंगा गाविस वडा नं. ९ मा रहेका स्थानीय समूदायका मानिसहरुको भेलावाट मिति २०६३ फाल्गुनमा जलेश्वर वहुउद्देश्यीय सहकारी संस्था लि.को स्थापना भएको हो । वचत तथा ऋण, कृषि, पशु वन, स्वास्थ्य र सदस्यहरुको हितका कार्यहरु संचालन गर्ने गरी मिति २०६३ फाल्गुन ३० मा डिभिजन सहकारी कार्यालय सुर्खेतमा १२५ जना सदस्यहरुको सहभागितामा यस संस्थाको विधिवत रुपमा दर्ता भै संचालनमा ल्याइएको हो ।